सिंगो गाउँमा नै क्यान्सरको प्रकोप

admin

काठमाडौं , फागुन १६ : हरिवन नगरपालिका–५ मा अढाई वर्षमा क्यान्सरका कारण २६ जनाले ज्यान गुमाएका छन्। हरिवन–५ को सिद्धार्थ टोल, धनपति टोल, गोले टोललगायतका गाउँमा क्यान्सर प्रकोपका रुपमा फैलिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

अहिले पनि गाउँमा क्यान्सरका आठजना बिरामी उपचार गराइरहेका वडाध्यक्ष नागेन्द्र साहले जानकराी दिए। क्यान्सर पीडित १६ जनाले उपचारका लागि वडा कार्यालयबाट सिफारिस लिएका छन्।

पानीको कारण क्यान्सर फैलिएको आशंकामा स्थानीयले चापाकलको पानी खान छाडेका छन्। नजिकै रहेको इन्दुशंकर चिनी उद्योगको कारण गाउँमा क्यान्सर फैलिएको आशंका स्थानीयको छ।

प्रतिक्रिया