सिंहदरबारभित्रै कर्मचारीहरुको विरोध प्रदर्शन

admin

काठमाडौं, २ बैशाख : संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा सिंहदरबारभित्रै प्रदर्शन गर्ने कर्मचारीहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएकाले कर्मचारीहरु निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा उत्रिएका कर्मचारीलाई प्रहरील नियन्त्रणमा लिएको हो । प्रदर्शनमा सहभागी कर्मचारीले श्रेणीको पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै प्रदर्शनमा उत्रेका नायव सुब्बाहरुले नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिक्रिया