‘सिंहदरबार कब्जा हुनसक्छ’ म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं, १ जेठ : ज्ञानेन्द्र अधिकारीको लय, शब्द र संगीतमा संस्कृति कार्कीको प्रस्तुति रहेको नयाँ नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा ज्ञानेन्द्र अधिकारी र जमुना बिसीले स्वर दिएका छन् । जसमा वरिष्ट प्रत्रकार ऋषि धमला, नायक धिरेन शाक्य, विशाल विष्ट, नेपाली रेस्लर हिक्मत थपलिया लागायतको अभिनय रहेको छ ।

यसअघि विदेशमा रहेका नेपाली नागरिकको पीडामा आधारित विद्रोह गीत गाइसकेका अधिकारीले यसपटक यस्तै रहे सिंहदरबार कब्जा हुन सक्छ बोलको यो गीत देशको वास्तविक अवस्था देखाउने गरी शब्दलाई लयमा उतारेका छन् । सो म्युजिक भिडियोलाई सामबेद अनलाइन मिडियाबाट सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया