सिके राउतको भाषणको पूर्णपाठ : ‘अन्यथा अर्थ लगाउने प्रयास नगरौं’ (भिडियो)

मनिषा थापा

भक्तपुर : प्रधानमन्त्री केपी ओली र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले केही समयपछि एउटै मञ्चबाट सम्बोधन गरेका छन्।

 

गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार नेकपा प्रवेश गर्ने कुनै पनि कार्यक्रम नभएको जानकारी दिनुभयो । नेकपा प्रवेश गर्ने हल्लामा कुनै सत्यता नरहेको पनि खानले बताउनुभयाे ।

राउत यसअघि स्वतन्त्र मधेसको एजेन्डासहित गतिविधि गरिरहेका थिए। जिल्ला अदालत रौतहटको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका राउत सर्वोच्च अदालतको आदेशमा बिहिबारमात्रै रिहा भएका थिए।

राउत लामो समयदेखि मधेसलाई नेपालबाट छुट्याउनुपर्ने अभियानमा थिए। शुक्रबार गृहमन्त्रालयले राष्ट्रिय सभागृहमा आयोजना गरेको राजनीतिक सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा पृथकतावादी आन्दोलनमा लागेर भर्खरै जेलबाट छुटेका डा. राउतले दिएको अभिव्यक्ति हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया