सिटी मार्केटका १ सय १२ वटा पसल सिल

admin

काठमाडौं, २ बैशाख : लामो समयदेखि विना सम्झौता सञ्चालन भइरहेका पुरानो बसपार्कनजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ वटा पसलमा काठमाडौं महानगरपालिकाले सिल गरेको छ ।

मो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि पसल खाली नगरेपछि बिहीबार सिलबन्दी गरिएको काठमाडौं महानगरले जनाएको छ । बिगत सात–आठ बर्षदेखि नै बिना टेन्डर बसिरहेको र कुनै सम्झौता नभएका कारण पटक पटक पसल खाली गर्न ताकेता गर्दा पनि खालि नभएकाले बलपूर्वक पसल खालि गनुपरेको महानगरले जानकारी दिएको छ ।

यता व्यापारीहरुले भने छोटो समयको सूचनाका आधारमा पसलमा सिल गर्नु उचित नभएको बताए । आफुहरुको रोजीरोटीको जिम्मा सरकारले लिनुपर्ने भन्दै उनीहरुले यस बिषयमा सरकार मौन रहन नहुने बताए ।

पसल सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए। प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई नियन्त्रणमा समेत लिइएको छ ।

प्रतिक्रिया