सिद्धू भन्छन ‘मलाई द कपिल शर्मा शोबाट निकालिएको छैन’

रिता घिसिंग

एजेन्सी : केही समयअघि भारतीय मिडियामा नवजोत सिंह सिद्धूलाई भारतीय कमेडी ‘द कपिल शर्मा शो’बाट निकालिएको र उनको ठाउँमा अर्चना पुरन सिंहलाई ल्याइएको खबर बाहिरिएको थियो । यस समाचारबारे सिद्धूले आफूलाई शोबाट ननिकालिएको बताएका छन् । जम्मु कश्मिरको पुलावामामा भएको आतंकवादी आक्रमणपछि सिद्धूले दिएको बयानमा उनले पाकिस्तानको पक्ष लिएको आरोप लागेपछि उनलाई शोबाट निकालिएको भन्दै भारतीय मिडियामा समाचार आएका थिए ।

सिद्धूले भने ‘मलाई शोबाट हटाइएको विषयमा मलाई कुनै जानकारी छैन । मैले आफ्नो राजनितिक कामका कारण शोलाई समय दिन नसकेको भने सत्य हो । त्यसैले शोको दुई भागमा मेरो ठाउँमा अर्चना पुरन सिंह देखिनेछिन् । मैले विधानसभा बैठकमा सहभागी हुनुपर्ने थियो त्यसैले मैले शोको शुटिङ गर्न सकिरहेको थिइन । यसका अलावा शोसँग सम्बन्धित कुनै जानकारी मसँग छैन । मलाई कुनै बर्खास्त पत्र प्राप्त भएको छैन । ‘

प्रतिक्रिया

सम्बन्धित समाचारहरू