‘सिद्ध बाबाको मान्छेले पटक-पटक आर्थिक प्रलोभन देखाए’

मनिषा थापा

पिएनपिखबर : आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्ध बाबा ३ लाख धरौटीमा छुटेपछि पिडित अनुयायी मिडियामा आएकी छिन्। उनले न्याय नपाएको भन्दै इटहरीमा पत्रकार सम्मेलन गरिन्। उक्त सम्मेलनमा उनले धर्मको खोल ओडेर बलात्कार जस्तो जघन्य अपरात गर्नेलाई अदालतले धरौटिमा रिहा गरे पछि न्यायको पनि बलात्कार भएको बताएकी थिईन।

पिएनपिखबरसँग फोनमा कुरा गर्दै उनले सिद्ध बाबाका मान्छेले मार्छु भन्दै धम्की दिएको बताइन। उनले भनिन्, ‘मसँग बोल्ने देखि मेरो बच्चालाई बाटोमा हिड्दा समेत् बाबाको मान्छेले धम्की दिहिरहेका छन्। मलाई कुरा बाहिर नलग भन्दै पटक-पटक आर्थिक प्रलोभन पनि देखाइएको थियो।’

पैसाकै चलखेलका कारण घटनाका  प्रमाणहरु लुकाएको उनको आरोप छ। केहि समय अघि बाबाले गल्ति स्वीकारेको भन्दै क्षमा मागेको सार्वजनिक अडियो देखि धेरै प्रमाण भएको भिडियो पनि सामाजिक संजालबाट हटाईएको उनको गुनासो छ। धर्मको नाममा पाप गर्ने व्यक्तिबाट अत्याचार सहेर बस्ने धेरै रहेको उनको दावी छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू