सिन्धुपाल्चाेककाे बाह्रबिसेमा निषेधाज्ञा हट्याे

admin

सिन्धुपाल्चाेक: सिन्धुपाल्चोकको बाह्रबिसे बजार क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ । आइतबार बेलुका ९ बजे जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएपछि निषेधाज्ञा हटाइएकाे हाे ।

समितिले एक हप्ताभित्र तयार पार्ने प्रतिवेदनका आधारमा अगाडि बढ्ने निर्णय भएपछि अहिले अवस्था सामान्य रहेकाे सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिनुभयो ।

समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म घरटहरा भत्काउने काम रोकिने निर्णय पनि भएको छ । नगरपालिकाले अतिक्रमित घरटहरा भत्काएपछि त्यसको समर्थन र विरोधमा विवाद बढ्दै गएपछि बाह्रबिसेको बजार क्षेत्रमा आइतबार निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया