सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर गयाे भूकम्प

admin

काठमाडौँ, २६ मङ्सिर: बिहीबार साँझ काठमाण्डाैलगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे । बिहीबार साँझ ७ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चाेककाे सेर्माथाङ केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ ।

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेकमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन ।

प्रतिक्रिया