सिन्धुपाल्चोकमा फेरि भीषण पहिरोः ठूलो मानवीय क्षतिको आशंका

तुलसी नेपाल

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण १२ जनाभन्दा बढी वेपत्ता भएका छन् । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसारमा शनिवार राति पहिरो जांदा दुई दर्जन घरहरु पुरिएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको तर घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए ।

 

सिन्धुपाल्चोकमा गत साउनदेखी बाढी र पहिरोका कारण ठुलो मात्रामा धनजनको क्षती  हुंदै आएको छ । गत साउन ३० गते विहान जुगल गाउंपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता छन् ।

शनिवार राति आएको बाढी र पहिरोका कारण ठुलो धनजनको क्ष्ँती भएको जानकारी आएसंगै त्यस क्षेत्रका सांसद समेत रहेका प्रतिनिधीसभाका सभामुख अग्नी सापकोटा सिन्धुपाल्चोकतर्फ लागेका छन् ।

प्रतिक्रिया