सिन्धुपाल्चोकमा बाढीले १५ घर बगायो, ६ जना सम्पर्कविहिन

admin

सिन्धुपाल्चोक : गएरातिको अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु नजिक बुल्कोटे खोला र सिंगार्चे क्षेत्रमा आएको बाढिका कारण ६ जना सम्पर्क बि’हिन र १५ घर क्षति भएको स्थानीयले बताएका छन् ।

अरनिको राजमार्गको खाकदलदेखि माथी दर्जनौं स्थानमा अरनिको राजमार्ग अबरुध्द भएकाले उध्दारका लागी सेना तथा प्र’हरीहरुलाइ घ’टना स्थल पुग्न कठिनाइ भइरहेको वताइएको छ ।

बर्षका कारण स्थानीय ठाडोखोलाहरुबाट आएको बाढिका कारण भोटेकोशी नदिको बहाब अत्याधिक बढेकाले कोश आसपासका बजार तथा बस्तीहरुलाइ सचेत र सुरक्षीत रहन आग्रह गरिएको छ । घ’टनाको पूर्ण बिबरण संकलन हुँदै गरेको इलाका प्र’हरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

प्रतिक्रिया