सिभिल ग्रुपका अध्यक्षसहित १२ जना पक्राउ

admin

काठमाडौँ, १९ असोज : एमालेका तत्कालिन सांसद एवं सिभिल ग्रुप तथा सिभल बैंकका अध्यक्ष इच्छाराज तामाङ प क्रा उ परेका छन् । सोमबार दिउसो सुन्धराबाट उनलाई प क्रा उ गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो ‘सिआइबी’ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई प क्रा उ गरी अनुसन्धान शुरु गरेको छ । सिआइबीका प्रमुख डिआइजी धिरजप्रताप सिंहले ठ गी आरोपमा प क्रा उ गरी अनुसन्धान शुरु गरेको बताए ।

उनलाई तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको आ रो प छ ।सिआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठ गी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।
उनीसहित १२ जनालाई प क्रा उ गरी अनुसन्धान शुरु गरिएको प्र ह रीले जनाएको छ । तामाङ एमालेका पूर्व सांसद हुन् ।

प्रतिक्रिया