सिम्तामा तीन दिने मोतिबिन्दु निशुक्क आँखा अप्रेसन संचालन

admin
  • खगेन्द्र हमाल

सुर्खेत: सिम्ता गाउँपालिकाकाे अायाेजनामा रेडक्रस साेसाईटी आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग र नेपाल रेडक्रस साेसाईटी उपशाखा राकम तथा जु रे स यु रे स बागेश्वरी मावि राकमकाे सहयोगमा जनतासँग सिम्ता गाउपालिका कार्यक्रम अन्तर्गत सिम्ताकाे बागेश्वरी माबि राकममा ३ दिने माेतिविन्दु निशुल्क आँखा अप्रेसन सञ्चालन भएको छ।

तीन दिनसम्म सञ्चालन हुने आँखा अप्रेसन कार्यक्रम औँपचारिक रूपमा आज उद्घाटन भएको छ। कार्यक्रमको उद्घाटन सिम्ता गाउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीका आँखा चेक गरि नेत्र विशिषज्ञ डाक्टर मनिष खतिवडाले गर्नुभएको थियो।

यश अघि टाेल बस्तिमा गएर आँखा अप्रेसनकाे लागि छनाेट गरिएको थियो।जसमध्ये आज पहिलो दिन ५० जनाकाे अप्रेसन भएको छ । गत वर्ष पनि १५५ जनाको निशुल्क अप्रेसन गरिएको थियो।

औँपचारिक कार्यक्रमकाे अध्यक्षता सामाजिक विकास समितका संयाेजक टेकनारायण विककाे रहेको थियो भने प्रमुख अतिथि गापा अध्यक्ष कविन्द्र कुमार केसी र अतिथि गापा उपाध्यक्ष चन्द्रकला शाही,रेडक्रस शाखा सुर्खेतका सभापति लिलाराम सुवेदी, आँखा अस्पताल सुर्खेतका मेडिकल डाइरेक्टर शाक्ति प्रसाद सुवेदी वडा अध्यक्षहरू राजेन्द्र सिह,नहकुल बुढा,युद्ध बहादुर मल्ल,गहेन्द्र हमाल र मानसि कामी लागाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा संयाेजक बिरेन्द्र पुनले गर्नुभएको सिम्ता गाउँपालिका कार्यलय सहायक चन्द्र बहादुर शाहिले जानकारी दिनुभयो।

प्रतिक्रिया