सिरहामा एकै दिन पक्राउ परे सात फरार अभियुक्त

admin

जनकपुर, १६ मङ्सिर : विभिन्न मु द्दामा अदालतबाट सजाय पाएर फरार रहेका सात जनालाई एकै दिन आज सिरहा प्र ह रीले प क्रा उ गरेको छ ।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा विभिन्न मु द्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार सातै जनालाई प क्रा उ गरेको सिरहा प्र ह रीले जनाएको छ ।

कु टपि ट तथा अङ्गभङ्ग मुद्दामा अदालतबाट दुई वर्ष कैद तथा रु एक लाख जरिवानाको सजाय पाएर फरार लक्ष्मीपुरपतारी गाउँपालिका–५ खरुकियाही निवासी ६० वर्षीय रामअशिष दास तत्मालाई पक्राउ गरेको प्र ह रीले जनाएको छ ।

यस्तै नकबजनी चो री मु द्दामा एक वर्ष कैद र रु चार लाख ९९ हजार ६०० जरिवानाको सजाय पाएर फरार लहान नगरपालिका–२० भवानीपुर कलाबन्जर निवासी ३४ वर्षीय परशुराम यादव, लेनदेन मुद्दामा दुई वर्ष कैद सजाय पाएका सुखीपुर नगरपालिका–५ निवासी ३८ वर्षीय कासिन्द्र यादव, लेनदेन बिगो मुद्दामा छ महिना कैद सजाय पाएर फरार सिरहा नगरपालिका–१२ गम्हरिया टोल निवासी ४५ वर्र्षीया अनितादेवी सहनीलाई पक्राउ गरेको जिल्ला प्र ह री कार्यालय सिरहाका प्रवक्ता प्र ह री नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो ।

त्यस्तै सवारी ज्यान मुद्दामा १५ दिन कै द र रु दुई हजार जरिवानाको सजाय पाएर फरार गोलबजार नगरपालिका–२ गुरुधाम निवासी ४१ वर्षीय रामकुमार मगर र सवारी ज्यान मुद्दामै आठ दिन कैद र रु दुई हजार जरिवानाको सजाय पाएर फरार सोही ठाउँका ३५ वर्षीय साजनकुमार लामा र जग्गा खिचोला मुद्दामा रु १३७ जरिवानाको सजाय पाएका औरही गाउँपालिका–२ निवासी ६७ वर्षीय जगदीश नायकलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

प क्रा उ परेका सातै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ । त्यस्तै झैझगडा तथा कुटपिट मुद्दाका फरार विष्णुपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय रामबाबु यादवलाई आजै प क्रा उ गरिएको प्र ह रीले जनाएको छ ।

प क्रा उ परेका यादवलाई जिल्ला प्र ह री कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाएको प्र ह रीले जनाएको छ ।

प्रतिक्रिया