सिर्जनाको ‘एक्स-लभ’ सार्वजनिक (भिडियो )

पिएनपि खबर

२९ असोज,काठमाडौं: आम नेपालीमाझ लोकप्रिय बन्न सफल हाउडेमाया उर्फ सिर्जना खत्री र मिष्टर आरजे उर्फ राजेन्द्र भट्टको नयाँ गीत ‘एक्स लभ’ सार्वजनिक भएको छ । गीतले आम नेपाली युवापुस्ताको प्रतिनिधि गर्दछ । एक्स लभ फरक खालको प्रस्तुति भएको निर्माण टिमको भनाई छ ।
यसअघि माया सिरिज मार्फत लाहुरेमाया,नौटंकिमाया,डबलमाया सफल गीत हुन् । ‘

फरक खालको प्रस्तुति गरेकि एक्स लभ स्रोताले रूचाउछन् कि नाई प्रखाईमा छु’ सिर्जना भन्छिन् ।
गीतमा सिर्जनासंगै मिस्टर आरजेको आवाज छ । सिर्जनाकै शब्द र संगित रहेको गीतलाई योगेशकाजी विसीले एरेन्ज गरेका हुन् ।

गायिका सिर्जनाले आफ्नै युट्युव च्यानल सिर्जना खत्रीबाट उक्त गीत सार्वजनिक गरेकी हुन् ।

 

प्रतिक्रिया