सीताले विदेशी लिग खेल्ने

admin

काठमाडौँ, मंसिर १८ : नेपाली राष्ट्रिय क्रिकेट टीमकी महत्वपुण सदस्य सिता राना मगरले हङकङ्गमा आयोजना हुने महिला टी–२० फ्रेन्चाइज खेल्ने भएकी छिन्।

हङकङ्गमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्नका लागि उनी छनोट भएको क्विन्स इभेन्टस म्यानेजम्यान्टले जनाएको छ।

उनी विदेशी प्रतियोगिताका लागि छनोट हुने नेपालकी पहिलो महिला खेलाडी समेत बन्न सफल भएकी छिन् । अन्तराष्ट्रिय क्रिकेट परिषद बाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता भएको बताइएको छ।

प्रतियोगितामा १ देखी १५ मे मा आयोजना हुने जनाइएको छ । ६ टोली सहभागि हुने प्रतियोगिताम विश्वका विभन्न देशबाट छनोट भएका महिला खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । जसमा चर्चित भारतीइ खेलाडी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर लगायत विश्व चर्चित खेलाडीको सहभागिता रहने छ ।

नेपाली राष्ट्रिय टीमकी उपकप्तान समेत रहेकी मगरले २००७ मा नेपाली राष्ट्रिय टीममा डेब्यु गरेकी थिइन् ।नेपाली क्रिकेटमा पोखरा प्रिमियर लिगको आयोजना गर्दै आएको क्विन्स इभेन्ट म्यानेजम्यान्टले अन्तराष्ट्रिय स्तरमा महिला खेलाडीको सम्बन्ध विस्तारमा भुमिका खेल्नको लागि भन्दै सिता रानामगर सँग एजेन्सीका रुपमा काम गर्ने सम्झौता गरेको छ ।

सिताको हङकङ्गमा हुने प्रतियोगिताका लागि आवश्यक एजेन्सी सेवा अव क्विन्स इभेन्ट म्यानेजम्यान्टले गर्ने भएको छ ।

प्रतिक्रिया