सीता थापाको “कलियुगका केटा” हेर्नुहोस भिडियो

शर्मिला गुरुङ

काठमाडौँ, १३ माघ : बदलिदो फेसन र पश्चिमा सस्कृतिका कारण मानिसको रहन सहन र वोली चालिमा परेको प्रभावको बारेमा ब्याख्या गदैँ गोरखा चौतारी म्युजिक प्रा लीको प्रस्तुतीमा राम कुमार कार्कीको लोक गीत “कलियुगका केटा “ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा राम कुमार कार्की र सीता थापाको स्वर रहेको छ ।

आफनो मौलिक पनलाई त्याग्दै देखासिखी गर्ने परिपाटीलाई गीतको मुख्य विषयबस्तु बनाइएको छ । आफनै गाउँमा रहेका चेलिबेटीलाई चिन्न नसकिने कुरा गीतमा गरिएको छ । सन्तोष पौडेलको शब्द तथा लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “कलियुगका केटा “ गीतको भिडियोमा करिष्ममा, सन्जिव ठकुरी , सौरभ , अरविन ,शम्भु, र राजकुमारको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?v=H5-GVymY0L0

प्रतिक्रिया