सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ : बेलायती प्रधानमन्त्री

अस्मिता बेल्बासे

एजेन्सी, ११ असार : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पूर्वी ल’द्दाखमा उत्पन्न भएको अवस्थालाई निकै ग’म्भीर र चि’न्ताजनक भएको बताएका छन् ।

प्रधानमन्त्री जोनसनले बुधबार बेलायती संसद्को तल्लो सदन हाउस अफ् कमन्समा आफ्नो साप्ताहिक प्रश्नोत्तर कार्यक्रममा क’न्जर्भेटिभ पार्टीका सांसद फ्लिक ड्रु’म्मोडको प्रश्नको उत्तरमा बताएका हुन् ।

प्रधानमन्त्री जोनसनले भारत र चीनले आपसी सीमा विवाद वार्ताको माध्यमबाट सुल्झाउन अपिल गरेसँगै, बेलायतले अवस्थाप्रति नजर राखेको बताएका छन् । भारत-चीन सीमा विवादसँग जोडिएको पछिल्लो घ’टनाक्रमलाई लिएर बेलायती प्रधानमन्त्रीको यो पहिलो आधिकारिक बयान हो ।

फ्लिक ड्रुम्मोडले प्रधानमन्त्री जोनसनलाई सोधेका थिए, ‘भारत-चीन विवादमा एकातर्फ राष्ट्र मण्डलका एक सदस्य देश र विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको देश छ र अर्कोतर्फ लोकतन्त्रको हाम्रो अवधारणालाई चुनौती दिने देश छ, यसले बेलायतमा के असर पर्छ ?

प्रधानमन्त्री जोनसनले भने, ‘सीमासँग जोडिएको मु’द्दा आपसी वार्ताबाटै सुल्झाउन उत्साहति गर्नु नै राम्रो कुरा हो । गएको १५ जुनमा ग’लवान उपत्यकामा दुई देशका सै’निकबीच भएको हिं’सात्मक झ’डपमा २० भारतीय सै’निकको ज्यान गएको थियो । अहिले दुई देशबीच उत्पन्न त’नावलाई समाधान गर्ने प्रयास गरिरहेका छन् ।’

प्रतिक्रिया