सी भ्रमण तयारी तीव्र : चीनबाटै दुई जहाज र ‘एरोहेड कारकेड सेट’ ल्याइने

admin

काठमाडौं, असोज १४: चिनियाँ राष्ट्रपति सी चिन फिङ, प्रथम महिला पेङ लियुआन, विदेशमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका ‘स्टेट काउन्सिलर’ वाङ यीसहितको उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको छ ।

‘असोज अन्तिम साता राष्ट्रपति सीको भ्रमण हुन सक्ने भएकाले त्यसलाई लक्षित गरेर सुरक्षा व्यवस्थापन भइरहेको ट,’ स्रोतले भन्यो ।

गृह मन्त्रालयले राष्ट्रपति सीको भ्रमणलाई लिएर ‘आन्तरिक सुरक्षा कार्यविधि’ बनाउँदैछ । कार्यविधि निर्माणमा गृहले सेनासँग समन्वय गरेको छ । सुरक्षाको मुख्य कमान्ड सेनाको हुने भएकाले उसको आवश्यकताअनुसार कार्यविधि बनाउन लागिएको हो ।

कार्यविधिमा विमानस्थलदेखि बस्ने र भेटघाट हुने स्थानमा कुन सुरक्षा निकायले कुन किसिमको जिम्मेवारी लिने भन्ने तय हुनेछ । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रतिक्रिया