सुकुटे दुर्घटना : मृतकका आफन्तले गरे बाटो अबरुद्ध !

मनिषा थापा

पिएनपिखबर : आइतबार सुकुटेबीचमा बस दुर्घटना हुँदा ज्यान गुमाएका यात्रुहरुको आफन्तहरुले समितिले वेवास्था गरेको भन्दै आक्रोश पोखेका छन्। घटना घटेको २४ घण्टा पुग्दा पनि अरनिको यातायात समिती नपुगेको भन्दै उनीहरु आक्रोशित भएका हुन्।

सोमबार सुकुटेक्षेत्र निकै तनावग्रस्त बनेको थियो। मृतकका परिवारहरु समितीले वास्था नगरे बाटो बन्द गर्ने चेतावनी दिएका थिए। उनीहरुले उद्दार गर्न प्रशासन पनि ढिला आएको भन्दै निन्दा गरेका छन्।

दोलखा मागादेउरालीबाट काठमाडौं आइरहेको शैलुङ्गेश्वरी यातायातको यात्रुबाहक बस आइतबार अरनीकाे राजमार्गबाट सुनकोशी नदीमा खस्दा १७ जनाले ज्यान गुमाएका थिए भने ५१ जना घाइते भए । घाइतेहरुको वीर अस्पतालको ट्रमा सेन्टर, केएमसी र धुलिखेल अस्पतालमा भईरहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू