सुजन मार्फा र आंचल शर्माको ‘ब्ल्याक बिउटी’ ट्रेन्डिंगमा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर । “को हो प्रोडक्सन”को प्रस्तुतीमा ‘ब्ल्याक ब्युटी’ नाम गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ। नेपाल देखि भारत सम्म आफ्नो डान्सको जादु छर्न सफल नेपाली सुजन मार्फा तामांगको आंचल शर्मासंगको यो नयाँ भिडियो भर्खरै सार्वजनिक भएको हो।

विनोद कार्कीको सुमधुर आवाजमा रहेको गीतको शब्द बरिष्ठ संञ्चारकर्मी तथा साहित्यकार/ गीतकार रामगोपाल आशुतोषको रहेको छ । संगीतकार राजु सिंहको संगीतमा रहेको गीतलाई सुजन मार्फा तामाङ्गले निर्देशन गरेका हुन्।

भक्तपुरको संस्कृती र ऐतिहासिक धरोहरलाई विषेश महत्वका साथ सुन्दर दृश्यहरुलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्।

युट्युबको ट्रेडिङ्गमा उकालो लाग्ने क्रममा रहेको म्युजिक भिडियोमा नायिका आँचल शर्मा र सुरज मार्फा तामाङको साथमा ALLIED 20 CREW को सशक्त अभियन रहेको छ। भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेको छन्।

प्रतिक्रिया