सुटिगंको समयमा सहयोग गर्ने सबै प्राबिधिकहरूलाई “एक लाख १० हजार” दिदै कलाकार गिरीको टिम

admin

काठमाडौं, २१ चैत : यतिबेला कोरोना भाइरसको त्रासले विश्व साथै नेपाल समेत आतंकित भईरहेको छ भने देश नै लकडाउन भएको छ । सरकारले जारी गरेको लकडाउनले गर्दा दैनिक ज्यालामजदुरी गरेर आफ्नो दैनिकी चलाउने लाखौँ नागरिकहरु रोजीरोटी नभएर भोक भोकै बस्न बाध्य छन् ।

यही अवस्था हेरेर  कलाकारहरु पनि आफ्नो क्षेत्रका व्यक्तिहरुलाई आ-आफ्नो ठाउँबाट केही सहयोग गर्न सकिन्थ्योकी भनेर हात उठाएका छन् । यसै सन्दर्भमा “छक्का पञ्जा टिम” पनि चलचित्र क्षेत्रमा मजदुरी गरेर आफ्नो दैनिकी चलाउने व्यक्तिलाई केही सहयोग गरौ भनि लागिपरेको छ ।

निकै रुचाइएका मध्ये एक हास्य कलाकार दीपकराज गिरीले आफ्नो क्षेत्रमा क्रियाशील रहेका व्यक्तिलाई केही सहयोग गरौ भनि सम्पूर्ण कलाकारहरुलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस मार्फत् चलचित्र क्षेत्रका इच्छूक व्यक्तिहरूलाई आउनुस् एकमुष्ट सहयोग गरौ भन्दै अनुरोध समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,  “चलचित्रकर्मी साथिहरू: हामिलाइ सुटिगंको समयमा,भोक लाग्दा खाना खुवाउने, हामिलाइ गर्मि हूदॉ छाता ओडाउने, हामिलाइ राम्रो देखाउन गर्हौ लाइट उचाल्ने प्राबिधिकहरूको लागि यो कठिन समयमा केहि सहयोग गरौ ……………हाम्रो तर्फबाट रू १ लाख १० हजार दिदैछौ !!!! चलचित्र क्षेत्रका इच्छूक साथिहरूले पनि inbox गर्न सक्नु हुनेछ …आउनुस एकमुष्ट सहयोग गरौ!!!”

 

कालाकार गिरीले बेलाबखतमा सामाजिक सञ्जालमार्फत् लकडाउनको अवस्थालाई हेरेर केही ब्यङ्ग्यात्मक तरिकाले सुझाव पनि दिइरहेको पाइन्छ । उनले लकडाउनको दिन गन्नु भन्दापनि आनन्दले घरमा रहन अनुरोध गर्दै यो समयमा आफूले सामाजिक सञ्जालमार्फत धेरै कुरा सिकेको बताउँदै आएका छन् ।

प्रतिक्रिया