सुधारिँदै नागरिक एप

admin

काठमाडौं, ७ माघ : नागरिक एपमा समस्या देखिएकाले यसलाई सुधार्न लागिएको छ । नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ ‘सिस्टम’ बनाउन लागेको प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले बताए ।

अलीका अनुसार गृह मन्त्रालयले नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन ‘रिक्वेस्ट’ गर्न मिल्ने सिस्टम विकास गर्ने काम अघि बढाएको छ । अहिलेसम्म करिब ३ लाख बढीले नागरिक एप डाउनलोड गरेको भए पनि १ लाख मात्र दर्ता सफल भएको पनि आईटी सल्लाहकार अस्गर अलीले बताए ​।

प्रतिक्रिया