निरन्तर घटिरहेको सुनको भाऊ फेरी बढ्यो !

मनिषा थापा

साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार २ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला ७१५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया