सुनको मूल्य अकासियो

मनिषा थापा

काठमाडौं : साताको अन्तिम दिन अर्थात शुक्रबारबजारमा सुनको भाऊ आठ सय रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, शुक्रबार पनि बजारमा चाँदीको मूल्य कुनै परिवर्तन भएको छैन । बिहीबार चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया