सुनको मूल्य : आज तीन सय घट्यो

admin

काठमाडौं, २० फागुन : सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले घटेको छ ।

सुनको मूल्य मंगलबार तोलाको ७८ हजार तीन रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने मंगलबार घटबढ भएको छैन । चाँदी तोलाको आठ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया