सुनको मूल्य : आज तीन सय रुपैयाँले घट्यो

admin

काठमाडौं, १३ फागुन : सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले घटेको छ ।

लगातार बढिरहेको सुन मंगलबार तोलाको ८० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको थियो ।

मंगलबार चाँदीको मूल्य भने घटबढ भएको छैन । चाँदी तोलाको नौ सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

सुनको मूल्य : तोलामा ८० हजार नाघ्यो

 

प्रतिक्रिया