काठमाडौं, १५ फागुन : बिहीबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।
तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो ।
सुनको मूल्य बढे पनि चाँदीको मूल्य बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ । बिहीबार चाँदी तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।