सुनको मूल्य घट्यो, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, २८ असार : आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ ।

आइतबार सुन तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । शुक्रबार सुन तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको मूल्य भने आइतबार पनि अस्तिजस्तै तोलामा ९ सय ८० रुपैयाँ नै निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

प्रतिक्रिया