काठमाडौं, ५ चैत : बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मंगलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने बुधबार घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।