सुनको मूल्य तोलामा फेरि ३ सय बढ्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १८ साउन : आइतबार सुनको मूल्य तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । तोलामा ३ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आइतबार चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ । कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनचाँदीको मूल्य भने दिनदिनै उकालो लागिरहेको छ ।

मूल्य महँगो हुँदै गएपछि विभिन्न बैंकमा लकडाउनअघि नै ल्याइएका ३ सय ३० किलो सुन बिक्री हुन नसकेको महासङ्घ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिएका छन् ।

उनकाअनुसार महासङ्घको सिफारिसमा व्यवसायीले बैंकबाट सुन किन्ने गर्छन् । तर मूल्य महँगो भएपछि कारोबार ठप्प हुँदा अहिले सुन किनबेच भएको छैन । यस्तै मौज्दात रहेको सुन नै बिक्री नभएपछि नयाँ मगाउने काम पनि ठप्प नै भएको छ ।

केही वर्ष अघिसम्म तीज नजिकिएसँगै सुनको कारोबार बढ्ने गरेको भए पनि यसपाली कोरोनाका कारण मानिसले दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिँदा कारोबार नहुने देखिएको छ ।

प्रतिक्रिया