सुनचाँदीको भाउ कति पुग्यो ?

शर्मिला गुरुङ

काठमाडौं, २९ जेठ  : आज साताको चौंथो दिन अर्थात बुधबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । हिजो प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया