सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, २५ असार : बिहिबार एकैदिन सुन तोलामा ९ सय रुपैयाँ बढेर अहिलेसम्मकै धेरै तोलाको ९२ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँ तोकिएको थियो । यसअघि गएको असार १७ गते सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य महंगो भएकाले नेपालमा पनि महङगो भएको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया