सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, २६ साउन : सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । सुन सोमबार तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार ९ सय रुपैयाँ घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । केही दिनयता लगातार बढेको सुनको मूल्य आइतबार र सोमबार भने केही घटेको छ ।

यस्तै चाँदीको मूल्य पनि सोमबार १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया