सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १५ असोज : बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार तोकिएको छ ।

यस्तै चाँदी बिहीबार तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी बिहीबार तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मुल्य एक हजार १ सय ९० रुपैयाँ थियो ।

प्रतिक्रिया