सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, २७ असोज : मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार स्थिर रहँदै सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपैयाँ थियो । यसैगरी मंगलबार तेजावी सुनको मुल्य ९४ हजार ६०० रहेको छ ।

यस्तै, मंगलबार चाँदीको मुल्य २० रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १२४५ रहेकोमा मंगलबार घटेर १२२५ रुपैयाँमा सिमित भएको छ ।

प्रतिक्रिया