सुनचाँदीको मूल्य फेरि बढ्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १७ मंसिर : बुधबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार तोलामा फेरि पाँच सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० डलर पुगेको छ । मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढेको थियो । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार विश्व बजारमा अस्थिरताका कारण मूल्य बढेको हो ।

यस्तै बुधबार तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ । त्यसैगरी चाँदीको मूल्य पनि बुधबार ३० रुपैयाँले बढेर तोलाको ११ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया