सुनचाँदीको मूल्य फेरी बढ्यो, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, २४ असार : बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

बुधबार सुनको मूल्य तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघका मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताएका छन् ।

मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजावी सुन प्रतितोला ९० हजार ४६० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी बुधबार चाँदीको मूल्य तोलामा ५ रूपैयाँ बढेर ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य महंगो भएकाले नेपालमा पनि बढेको शाक्यले बताए ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य ९ डलरले बढेर १७ सय ९५ डलर पुगेको छ । गएको असार १७ गते सुनको मूल्यले नयाँ रेकड कायम गर्दै अहिलेसम्मकै धेरै तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया