सुनचाँदीको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो ?

रिता घिसिंग

मङ्सिर २, काठमाडौँ : नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ। शनिबारसम्म प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको आज आज ३ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबारसम्म ७ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया