सुनचाँदी कै मूल्य बढ्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, ५ असोज : सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको छ ।

सुन सोबार तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

यसैगरी तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि सोमबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको १ हजार ३ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया