सुनजस्तै महंगीएको प्याज चोरी, राखिएको पैसा जस्ताको तस्तै

मनिषा थापा

एजेन्सी : सुनसँगै तरकारी स्वादिष्ट बनाउनको लागि मिसाउने प्याजको भाउ पनि अक्कासिए पछि उपभोक्ता मारमा परेका छन्। नेपालमा मात्र नभई भारत र बंगालदेशमा समेत् प्याजको भाउ अत्यन्त वृद्धि भएको छ। प्याज महंगीएसँगै प्याज चोरी भएको घटना बाहिरिएको छ।

भारतमा पश्चिम बंगालस्थित पूर्वमिदनापुरस्थित एक तरकारी पसलबाट प्याज चोरी भएको छ। चोरले पसल नै फोडेर प्याज चोरेर लगे तर पैसा देखि देखि पनि चोरेर लगेनन् । जब पसलका मालिक बिहान पसल खोल्न पुगे तब पसलको अवस्था देखेर चोरी भएको सहजै अनुमान लगाए ।

पसलको अबस्था देखेर उनी पैसा राखिएको ठाउँमा हेरी हत्तारहत्तार पैसा गने तर एक पैसा पनि तलमाथि भएको रहेनछ। पसलबाट चोरले प्याज , लसुन र अदुवा गरी करिब ५० हजार भारतीय मूल्य बराबरको चोरी गरेको जानकारी छ। । हाल भारतमा एक किलो प्याजको मूल्य सय रुपैयाँ छ भने नेपालमा २३० नै पुगिसकेको छ ।

प्रतिक्रिया