सुनमान्छेको आफ्नै साथीले खोले भित्री रहस्य : ४० तोला सुन लगाउने सुवास पहिला यस्ता थिए

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : काठमाडौको जोरपाटी निवासी सुवास लामा शरीरमा कम्तिमा पनि ४० तोला भन्दा बढी सुन लगाएर हिड्ने गर्छन। सुन नै सुन पहिरिएर बस्ने गरेकाले उनलाई सबैले सुन मान्छे भन्छन्। उनलाई बाल्यकाल देखि नै सुन लगाउन मन लाग्ने उनको भनाई छ। अहिले त्यही सोख पुरा गर्दैछन् उनी।

सुनको शोख राख्ने सुवास कलाकारितामा पनि उत्तिकै रुची राख्छन। उनलाई दुईवटा फिल्मबाट अफर पनि आएको छ। उनले नयाँ फिल्म घनचक्रमा सौगात र सोनल बस्नेतसँग पनि स्क्रिन शयेर गरोसकेका छन् भने अब उनी अभिनित चलचित्र ‘बज्र’ रिलिज हुने क्रममा छ। उनलाई टेली सिरीयलबाट पनि अफर आईरहेको छ। उनले यसअघि थुप्रै चलचित्रमा फाइटरको अभिनय गरिसकेका छन्।

चलचित्रमा खलपात्रको भूमिका निर्वाह गरेका उनी एक समाजसेवी पनि हुन्। उनले जोरपाटी क्षेत्रमा फोहोर ब्यबस्थापनको काममा तल्लिन् छन् । धर्मकर्ममा आस्था राख्ने उनी शिवका भक्त हुन्। उनले घाँटीमा शिवको लकेट भएको चाँदीको चेन लगाएका छन्। ३०, ३५ तोला सुन लगाएका सुवास अझै सुन थप्ने विचारमा छन्। उनी अरुभन्दा फरक लुकबाट आफ्नो पहिचान बनाउन चाहन्छन।

अरुभन्दा फरक देखिने उनको सोख भएका कारण पहिरन, गहना देखि उनले चढ्ने बाईक र कार समेत युनिक खालको हुने गर्छ। उनले यस अघि पनि पिएनपिखबरसँग धेरैपटक गरेका छन्। यसपालिको कुराकानीमा भने उनी आफ्ना नातेदार तथा बाल्यकालका साथीसँग देखिए। उनका साथीले भाइरल सुवासका बारेमा निकै रमाइलो रहस्यहरु बताए। हेर्नुहोस, भिडियोमा सुनमान्छे र उनका बाल्यकाल देखिका साथीसँग गरिएको रमाईलो कुराकानी…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू