सुनसरीमा दुई ट्राफिक प्रहरीसहित ६८ जनामा संक्रमण पुष्टि

admin

सुनसरी, ६ असोज : मंगलबार सुनसरीमा दुई ट्राफिक प्रहरीसहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये कतिपयलाई होम आइसोलेसनमा र अधिकांशलाई मोरङको गोठगाउँ, इटहरीको रंगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।

धरान उपमहानगर क्षेत्रमा ३३ जना, इटहरी उपमहानगर क्षेत्रमा १८ जना र दुहवी नगरपालिका क्षेत्रमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको इनरुवास्थित स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिइन् ।

श्रेष्ठले पछिल्लो समयमा ग्रामिण क्षेत्रमाभन्दा मानिसको बढी चहलपहल र भीडभाड हुने सुनसरीको सहरी क्षेत्रमा संक्रमितको संख्यामा वृद्धि भएको बताइन् ।

प्रतिक्रिया