सुनसान छ,‘कान्छी नेपाल’

admin

काठमाडाैं, साउन ३१: शैलेश्वरी मन्दिरको उत्तर दक्षिण लहरै फैलिएको सिलगढी बजार सुनसान छ । चिटिक्क परेका नेवारी घरका मूल ढोकामा ताल्चा झुन्डिएका छन् । कोठाका ¥याक रित्ता छन् । ८७ वर्षीया जगतलक्ष्मी श्रेष्ठलाई ‘कान्छी नेपाल’का रुपमा चर्चित सिलगढी बजार देखेर नियास्रो लाग्छ । बजारको चहलपहलमा बितेको बाल्यकाल उनको आँखैअघि घुमिरहन्छ ।

अछामी, बझाङी, बिमकोटे र दर्नाली राजाले किनमेलका लागि सिलगढी आउँदा बाल्यकालमा ओखरको कुटेरो खान दिएको उनले भुलेकी छैनन् । जुम्ला, हुम्ला, अछाम, बाजुरादेखि सुर्खेतका मानिसको चहलपहल हुन्थ्यो । उनका सासूससुरा र दुई देवरका परिवार घरमा ताल्चा लगाएर काठमाडौँ गएको वर्षौ भयो ।

अहिले यस क्षेत्रका कपडा पसल मात्र ५०÷६० वटा थिए, मानिसको भीडले बजार भरिभराउ हुन्थ्यो । अहिले त्यो कहाँ पाउनु ? यो समाचार कान्तिपुर दैनिकमा मोहन शाहीले लेखेका छन् ।

प्रतिक्रिया