सुर्खेतको राउटे गल्छेनामा जीप दु र्घटना ३ जनाको मृ त्यु,चार जना घा इते

खगेन्द्र हमाल

दैलेखको धरमपोखराबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप अनियन्त्रित भई बाटोबाट ४०० मिटर तल खस्दा २ पुरुष र १ महिलाको घटनास्थलमै मृ त्यु भएको छ।

सुर्खेतको चिंगाड गाउँपालिका वडा नं. ६ का ५५ वर्षीया देवबहादुर खड्का, कोहलपुर नगरपालिका ६ का ४२ वर्षीय खड्क बीसी र उनकी अन्दाजी ३९ वर्षकी श्रीमती गोमा बुढाथोकी गरि तिनजनाको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिए ।

७ जनाको यात्रु रहेको उक्त जीपमा ४ जना भने गम्भीर घा इते भएका छन् । घाइतेहरुलाई उद्धार गरी क्षेत्रीय अस्पताल कालागाउमा उपचार भैरहेको प्रवक्ता रावले जानकारी दिए।

घा इते हुनेमा वीरेन्द्रनगर– ६ की चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर– १६ की लक्ष्मी ज्ञवाली, चिंगाड– ६ का नरे नेपाली र सोही गाउँपालिकाकी दुर्गा गाहा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया