सुर्खेतमा ज्ञानेन्द्र शाहीको कार्यक्रम शुरु हुन् नपाउँदै विरोध प्रदर्शन

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : भ्रष्टाचार विरुद्ध कार्यक्रम लिएर सुर्खेत पुगेका ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ताहरुलाई सुर्खेतबासीले शनिबार बाजा गाजा साहित् भब्य स्वागत गरे। तर कार्यक्रमको शुरुवात भएको केहि समय पछि सुर्खेतका केहि बासिन्दाहरुले अभियान्ताविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

उनीहरुले कार्यक्रमको शुरुवातमा नेपाली राष्ट्रिय गान नबजेको भन्दै ‘ज्ञानेन्द्र शाही मुर्दाबाद’ भन्दै नारा लगाएका हुन्। विरोध गर्ने मध्य एक युवाले भने, ‘राष्ट्रियताबारे बोल्दै हिड्ने ज्ञानेन्द्र शाहीले राष्ट्रिय गीतकोसट्टा अर्कै गीत बजाएर जनतालाई भ्रमित गर्न खोजे, यसबाट उनले बोल्ने एउटा र व्यवहार अर्को रहेको देखियो।’

केहि समय अघि भ्रष्टाचारको बिरुद्ध सुर्खेतमै भएको एक कार्यक्रमा बोल्ने क्रममा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर चरम यातना दिएको खबर बाहिरिएको थियो। साइभरक्राइमको मुद्दा लागेको अभियोगमा सुर्खेत प्रहरीले  ज्ञानेन्द्र शाहीलाई कार्यक्रमकै बीचमा पक्राउ गरेको थियो। 

बाँकी हेर्नुहोस भिडियोमा….

 

प्रतिक्रिया