राष्ट्रिय जनावरलाई राजनीतिकरण गरी नगरपालिकालाई आरोप लगाइयो : उपप्रमुख

मनिषा थापा

पिएनपिखबर : नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका दुई सय ९१ गाई मध्ये वीरेन्द्रनगर–८ स्थित कटकुवा जंगलमा २३ वटा मृत भेटिए पछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर, उपमेयर लगायत जनप्रतिनिधिहरुको चर्को आलोचना भईरहेको छ।

सर्वत्र आलोचना भएपछि नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले गौहत्याको घटनाको विषयलाई खण्डन गरेकी छिन् । गौहत्याको घटनाबारे अतिरंजित तरिकाले सुचना फैलाइएको उनले गुनासो गरेकी छिन्। सत्यतथ्य कुराको जानकारी नै नलिई सस्तो आलोचना भईरहेको उनले बताईन।

गौहत्या प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको उनको आरोप छ। घरधनीले पशु छाडा छोड्नाले उत्पन्न भएको समस्यालाई राजनीतिकरण गरी नगरपालिकालाई आरोप लगाइएको उनले जनाईन। 

उनले धेरै छाडा चौपायाले गर्दा दुर्घटना हुने, किसानको बालीनष्ट भएकोले छाडापशुलाई अन्त्यत्र पठाउँदै आएको उनले बताईन। उनले राम्रो उद्देश्य राखेर छाडा गाईगोरुको ब्यवस्थापन गर्न खोज्दा  यसपटक कमजोरी भएको स्वीकार गरेकी छिन् । यसरी अन्यत्न व्यपस्थापन गर्ने क्रममा दुर्घटना भएको र छानविन भईरहेको उनले जनाईन। पोस्टमार्टम रिपोर्ट नआई कसरी घटना घट्यो भन्न नसक्ने उनले जिकिर गरिन।

छानविनबाट आएको रिपोर्टमा जो दोषी देखिन्छ त्यसमाथि कारवाही हुने उनले दावी गरिन। उनले प्राय छाडा छाडिएको चौपाया भारतको सिमाबाट नेपाल पस्ने गरेको बताईन। उनले नगरको घरधनीले छाडेको पशुलाई व्यवस्थित गर्न सकिने तर भारतबाटै धेरै गाईहरु आउने हुँदा नगरपालिकाले छाडा चौपाया वेवस्थित गर्न नसकेको उनको गुनासो छ।

बाँकी हेर्नुहोस भिडियोमा

प्रतिक्रिया