सुर्खेत उद्योग वाणिज्यसंघ र जिल्ला प्रशासनलाई तत्काल कारबाही गर्नुपर्छ: अनेरास्ववियु सुर्खेत

खगेन्द्र हमाल

सुर्खेत : कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा सुर्खेत उद्योग बाणिज्यसंघले दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म पसलहरु खोल्ने निर्णय गरेको छ।उक्त निर्णय प्रति अनेरास्ववियु सुर्खेतले गम्भीरतापूर्वक ध्यानाकर्षण गदै गम्भीर आपत्ति जनाएको छ।

पटकपटक यस्ता गलत निर्णय गर्दै आएको सुर्खेत उद्योग बाणिज्य संघको लापरबाहीले गर्दा कोरोना संक्रमण झन फैलिने भएको छ।यो निर्णयले महामारी नियन्त्रण हुने होइन झन तिब्र रुपमा फैलिनमा मद्दत पुग्ने अनेरास्ववियु सुर्खेतले बताएको छ।

उद्योग बाणिज्यसंघ जस्तो जिम्मेवारी पदमा बसेका पदाअधिकारिहरुको यस्तो गलत निर्णयले गर्दा अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमण नफैलिएको अवस्थामा यसले भयावह स्थिति सृजना गर्ने निश्चित भएकोले प्रत्येक दिन ४/५ घण्टा पसलहरु खोलेर भोलि कुनै संकट आयो भने त्यसको सम्पुर्ण जिम्मेवारी उद्योग बाणिज्य संघ र जिल्ला प्रशासनले लिनुपर्ने अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र शाहीले बताउनुभयो।

यदि भोलि महामारी फैलियो भने तेसको जिम्मा कस्ले लिन्छ ? गरिब, मजदुरहरु लाई सरकारले खाद्यान्न वितरण गरेकै छ बाकी रह्यो किनेर खान सक्ने हरुको कुरा, एक दिन सामान किन्यो भने १५/२० दिन खान मज्जाले पुग्दछ, एक बोरा चामल किन्यो भने १५ दिन मज्जाले खान पुग्दछ भने के का लागि चाहियो यो महामारीमा प्रत्येक दिनको ४/५ घण्टा बजार खुल्ला ? जिल्ला प्रशासनले के हेरेर दियो खुल्ला गर्ने अनुमती?यसको तत्काल जवाफ दिनुपर्ने बताउनुभयो ।


अनेरास्ववियुका केन्द्रिय सदस्य प्रेम खड्काले कडा आपती जनाउदै समाजिक संजाल मार्फत गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। बाणिज्य संघका अध्यक्ष ज्यु लगायतका मान्छेहरुका बर्षौ देखि गोदाममा कुहिएर बसेका सामान बिक्री गर्न र नागरिकलाई यो महामारिमा झन सडेका सामान बेच्न लाई के प्रपंच रच्दै हुनुहुन्छ ? यस्तै हो भने भोलि सचेक नागरिक यस्ता खाले गलत हर्कतको विरुद्धमा आन्दोलनको आधिबेरी ल्याएर सडकमा आउनु नै पर्ने हो ?

नागरिकको स्वास्थ्य माथी खेलबाड गरि आफ्नो अभिष्ट पूरा गर्ने गरि गरिएको निर्णय तत्काल खारेज गर्नुस अन्यथा सडकमा सडकी बाघ बनी त्यसको नेतृत्व गरेर आउन तयार छौं, त्यसको सामना गर्न तयार भएर बस्नु होला, जनताको स्वास्थ्यको बिषयमा आफ्नो ज्यानको प्रबाह नगरी जस्तो सुकै मूल्य चुकाउन पनि हामी तयार छौ। CDO ले के हेरेर दिए खुल्ला गर्ने अनुमती ?

के आफ्नो असक्षमताको पराकाष्ठा जनतालाई देखाउन हो ? यस्ता असक्षम CDO बाट जनताले के आशा गर्ने ? के भोलि समस्या आयो भने CDO ले तेसको जिम्मेवारी लिन्छन ? CDO साब तपाई आफ्नो जागिरे जिवनमा पहिलो पटक यति महत्त्वपूर्ण जिम्मेवारी पाएर सुर्खेत आउनु भएको छ, तपाईं ले जिन्दगीमा पहिलो पटक CDO को जिम्मेवारी सम्हाल्न पाउनु भएको छ, आफुलाइ भाग्यमानी ठान्नुहोस र जनतालाइ भगवान सम्झनुहोस र तत्काल यो निर्णय खारेज गर्न निर्देशन दिदै लकडाउन को पुर्ण पलना गराउनुहोस अन्यथा सुर्खेत नै तपाईंको जागिरे जिवनको अन्तिमा बिन्दु बन्न सक्दछ, तपाईं जस्ता कठपुतली लाई कालो मोसो दलेर बजार परिक्रमा गराइ कुर्सीमा राखेर आगो लगाउन नपरोस् खबरदार CDO साब पहिलो गासमै ढुङ्गा नखानुस, कि उद्योग बाणिज्य संघ बाट कमिसन मिलेको छ तपाईं लाई, जनताको कर बाट उठेको पैसा हो तपाईंको तलब, त्यसले पुगेन तपाईंलाई ? कति मा कुरा मिलेको छ कमिसन रकम ? कति कमिसनमा कुरा मिल्यो महोदय?

नेपालमा ७७ जिल्ला छन ७६ जिल्लामा सरकारको निर्णय पालना गर्न सक्ने सुर्खेतमा नसक्ने हुन्छ ? के तपाई नेपाल सरकार माहतहको निकाय होइन ? सरकारको निर्णय पालना गराउने दायित्व कस्को हो ? बिरेन्द्रनगर नगरपालिकाको काम के हो ? पालिका भित्रका आफ्ना जनताको जिम्मा लिन सकिदैन मेयर साब ? उद्योग बाणिज्य संघ को यो निर्णय बाट भोलि बिरेन्द्रनगर मा कोरोना संक्रमण फैलियो भने नगरपालिकाले यस्को जवाफ दिनु पर्छ कि पर्दैन ?

जिम्मा लिनु पर्छ कि पर्दैन ? के नगरबासी को समस्या सङ्ग नगरपालिका उदासिन बनेकै हो त ?यदि हो भने जनताले लेखाजोखा राख्नेछन तपाईं हरुको महोदय! प्रदेश सरकार के हेरेर बसेको छ ? यस्ता निर्णय गर्ने उद्योग बाणिज्य संघ र यसको मतियार जिल्ला प्रशासन, त्यसका प्रमुख CDO लाई कार्वाही गर्नु पर्दैन ? कि प्रदेश सरकारको आखामा कालो चस्मा लगाएर बस्ने नीति छ ?

नागरिक प्रतिको आफ्नो दायित्व पूरा गर्नु पर्दैन ? कर्णाली प्रदेशको राजधानी हो बिरेन्द्रनगर जहा प्रदेश सरकार आसिन छ, आफ्नो आँखा अगाडि यति ठूलो लापरबाही देख्दा पनि नबोल्ने प्रदेश सरकार ले महामारी फैलियो भने भोलि नागरिकलाई जवाफ दिनु पर्दछ कि पर्दैन ? कि हामिले गरेका होइनौ भनेर उम्किन पाउला भन्ने लागेको छ सरकार ? सबैले आ-आफ्नो जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरौ अन्यथा भोलि आउने परिस्थितिको जिम्मा लिन तयार होऔं ।

प्रतिक्रिया