सुर्यबिनायक गणेश मन्दिरमा श्रीमद् भागवत सप्ताह एवं वृहत श्री शेष शायी नारायण मुर्ति प्राण प्रतिष्ठा महोत्सव हुँदै

admin

भक्तपुर । सुर्यबिनायक गणेश मन्दिरमा श्रीमद भागवत सप्ताह एवं वृहत श्री शेष शायी नारायण मूर्ति प्राण प्रतिष्ठान महोसत्व हुने भएको छ । सुर्यबिनायक गणेश मन्दिर ढोकाको पूर्वपट्टी पोखरीमा श्री शेष शायी नारायण मूर्ति स्थापना भएको र सोही मूर्तिको प्राण प्रतिष्ठा गर्ने र मन्दिरको अक्षयकोष स्थापनाका लागि महायज्ञ हुन लागेको श्री शेषाशायी नारायण मुर्ति प्राण प्रतिष्ठा महोत्सव सम्पादन समितिले जनाएको छ ।

माघ १५ गतेदेखि सुरु भई २३ गते समापन हुने महायज्ञमा बालतपस्वी पण्डित श्री उत्तम भट्ट महाराजबाट वाचन हुनेछ ।आयोजकका अनुसार माघ १५ गते बिहान साढे ९ बजे कलश यात्रा र ११ बजे उद्घाटन हुने महायज्ञमा हरेक दिन बिहान सात बजेदेखि पाठपारायण सुरु हुने महायज्ञ मूल सम्पादन समितिका संयोजक प्रकाश शर्माले जानकारी दिए ।

महायज्ञमा प्रत्येक दिन संगितमय कथावाचन, शान्ति कलश पुजन, तुलादान, धन–धान्याञ्चल पर्व, जन्मोत्सव पूजा तथा श्री शेष शायी नारायण मूर्ति प्राण प्रतिष्ठान महोसत्व हुने संयोजक शर्माले बताए ।

प्रतिक्रिया