सुशान्तको परिवारमा अर्को ठूलो धक्का, देवरको मृत्युको पीडाले भाउजुको पनि निधन

admin

काठमाडौं, २ असार : ब’लिवुड अभिनेता सुशान्त सिंह राजपुतको आकस्मिक मृत्युले परिवार, फ्यानदेखि पूरै ब’लिवुड शो’कमा परिरहेकै बेला उनको परिवारमा फेरी अर्को ठूलो धक्का लागेको छ ।

सुशान्तको आकस्मिक रुपमा आ’त्म’ह’त्यापछि यसको पीडाले उनकी भाउजुको पनि ज्यान गएको छ । देवर सुशान्तको मृत्युको खबरले सोमबार बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवीको पनि निधन भएको भारतीय संचारमाध्यमले लेखेका छन् ।

सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो । सुशान्तको मृत्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डि’प्रेसनको शिकार भइन् ।

उनले खबर पाएलगत्तै खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि निधन भयो ।

पारिवारिक स्रोतका अनुसार सुधाको मृत्यु लगभग त्यही समयमा भएको हो, जतिबेला सुशान्तको अन्तिम संस्कार भइरहेको थियो । यतिबेला उनको निधनले अहिले ब’लिवुड शो’कमा डुबेको छ ।

यो भिडियो पनि हेर्नुस् ।

प्रतिक्रिया